दफा १८०
अदालतबाट साक्षी झिकाई परीक्षण गर्न सकिने

(१) दफा १७९ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको वा सार्वजनिक हक, हित वा सरोकार संलग्न रहेकोमुद्दामा नबुझी नहुने साक्षीलाई अदालतले आदेश गरी पन्ध्र दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम म्याद जारी भएमा त्यस्तो साक्षी अदालतले तोकेको अवधिभित्र अदालतमा उपस्थित हुनु पर्नेछ ।
(३) यस परिच्छेद बमोजिम साक्षीका नाममा म्याद जारी गर्दा अनुसूची–१४ बमोजिमको ढाँचामा जारी गर्नु पर्नेछ ।